२०८१ बैशाख १८ , मंगलबार

इन्स्टा फाइनान्स अब अज्झ सहज्र आफ्नो नयाँ सामसङ ग्यालेक्सी स्मार्टफोन पाउनुहोस् बिनाकुनै झन्झट, मात्र आफ्नो नागरिकताको साथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गतवर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो, जसले ग्राहकहरूलाई ०% ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो।

अब सामसङ नेपालले यो सुविधाको लाभ लिनको लागि आवश्यकता, ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याउनु पर्ने रहेको घोषणा गर्दै यो सेवालाई झन् झन्झट मुक्त बनाएको कम्पनीले जनाएका छन।हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झट रहित नै थियो, तर सो प्रक्रियाको लागि अरु पनि थप कागजातहरूको आवश्यकता पर्थ्यो ।

अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरु बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि रु. २०,००० वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन ०% ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाए।

इन्स्टा फाइनान्सको साथ साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटस द्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिजका लिन सक्नेछन्। यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरू मार्फत उपलब्ध गराइएको छ।

यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एनवा जेड सिरिज वाकुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप रु ५,००० बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वाएम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा रु ३,००० बोनस पाउने पनि कम्पनीले जनाए ।यी सुविधाहरू नेपाल भरि नै उपलब्ध छ।