२०८१ बैशाख २२ , शनिवार

महाशिवरात्रिका लागि पशुपति आइपुगेका बाबाहरूको चहलपहल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंस्थित पशुपति नाथ मन्दिर परिसरमा बाबाहरूको चहलपहल सुरू भएको छ।उनीहरू लामबद्ध भएर मन्दिरमा प्रवेश गरेका थिए। आउँदो शुक्रबार महाशिवरात्रि छ।

महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ ।मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्। साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।

शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ ।