२०८१ बैशाख २० , बिहिवार

धारिलो हतियार प्रहार गरी बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलस्थित दाजुको घरमा बस्ने १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका धिरेन कुमार खाँ चौधरीलाई घटना भएको ४ घण्टाभित्र प्रहरीले पक्राउ गरेको छ ।

ट्वाईलेट जाने क्रममा अपरिचित मानिसले धारिलो हतियार प्रहार गर्दा ज्ञानमती थुलुङ राईको सोमबार राति घटनास्थलमा नै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले धिरेन कुमारलाई बेलबारी नगरपालिका भाउन्नेस्थित जंगल एरियाबाट पक्राउ गरेको हो ।

ज्ञानमती थुलुङ राई र धिरेन कुमार बिच प्रेम सम्बन्ध रहेको, एक पटक घरबाट भागी रानी नाका हुँदै जोगवनीतर्फ जाने क्रममा मानब बेचबिखन विरूद्ध सकृय गैरसरकारी संस्थाले फेला पारी उद्दार गरी परिवारको जिम्मा लगाएको, पीडित बालिकाको नाममा फेसबुक लगायतका सामाजिक संजालमा आफ्नै एकाउन्ट खोली चलाउने गरेको, पीडित परिवारका सदस्यलाई दुख दिने आसयले धिरेन कुमारले फेसबुक म्यासेजमा विभिन्न फोटोहरू पठाउने लगायतको कार्य गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।