२०८१ जेठ २ , बुधवार

आज पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

हिजो मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको छ।