२०८१ बैशाख १८ , मंगलबार

२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलि लिटर कोका–कोला निःशुल्क

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ ।घरमा खाना खाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ ।

कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो,“कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष  अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउने छ भन्ने हामीलाई विस्वास छ ।”

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको छ । यस अफर मार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।