२०८१ बैशाख २३ , आइतवार

सत्ता राजनीतिको खेल: गण्डकी र सुदूरपश्चिममा कांग्रेसको ‘क्रस फायर’

pm-office2019-12-15-08-38-35-1536×733

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसहितको सातदलीय गठबन्धन भंग गर्दै  सोमबारदेखि ४ राजनीतिक दलको सहकार्यमा नयाँ सत्ता समीकरणको यात्रा सुरु गरेपछि प्रदेश सरकारको नयाँ समीकरण बनाउन पनि कसरत सुरु भएको छ ।

प्रदेश सरकार बनाउने र भत्काउने खेलमा नयाँ सत्ता गठबन्धनदेखि कांग्रेस र अन्य दलको दौडधुप देखिन थालेको छ । कतै मन्त्रीहरू बर्खास्तीमा परेका छन् भने कतै स्वतः राजीनामा दिएका छन् ।

 

सोमबार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारको नेतृत्वका लागि एमाले र माओवादी नेताहरूको दौडधुप सुरु भएको हो । मधेश र सुदूरपश्चिम प्रदेशमा निर्णायक जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आफ्ना दाबी गरिरहेका छन् । कांग्रेसले गण्डकी र वाग्मतीमा नयाँ गठबन्धनविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ ।