
सुनाखरी न्युज/ काठमाडौं ।
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्।
सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन्।