२०८१ बैशाख २० , बिहिवार

“कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०५७/१०/१६ गते, अं. १९:०० बजे, जिल्ला नुवाकोट साविक ध्याङ्फेदी गा.बि.स. वडा नं. ३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई घरको आगनमा नाचगान गरिरहेको अवस्थामा प्रेम बहादुर तामाङ् समेतका ब्यक्तिहरूले सोही दिन दिउसो मख्खु र छट्टु तामाङ बिच भएको

झगडालाई लिई रिस साधी खुकुरी प्रहार गरी कर्तब्य गरी मारेको ज्यान मुद्दामा वारदात पश्चात भागी फरार रही जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं. ८, माकलबारीमा लुकिछिपी बसीरहेको अवस्थामा निज प्रतिवादी प्रेम बहादुर तामाङलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८०/११/२१ गते पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाईएको व्यहोरा सूचीत गरिन्छ ।

पक्राउ प्रतिवादीको विवरण :

नाम: प्रेम बहादुर तामाङ ।
उमेरस: ४४ बर्ष ।
ठेगानास: जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं. १ ।
मुद्दास: कर्तब्यज्यान ।
पक्राउ मिति: २०८०/११/२१ गते ।
पक्राउ स्थान: जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं. ८, माकलबारी