२०८१ बैशाख ३१ , सोमवार

कप्तान रोहित पौडेल आउट भए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।

त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यतिबेला नेपालले ८२ रन जोडेको थियो।टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।