२०८१ जेठ २ , बुधवार

सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड,आज कतिमा हुँदैछ कारोबार?

gold1

 

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ पुगेको छ।