२०८३ जेठ १० , आइतवार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्ने छ ।

सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपाको बैठक आज बिहान ८ बजे बसेको थियो । थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो ।