२०८१ बैशाख २० , बिहिवार

एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।