२०८१ बैशाख २५ , मंगलबार

आजको मौसमः प्रिमनसुनका कारण वर्षा, आजदेखि मौसम सुधार हुने

weither

सुनाखरी न्युज/ काठमाडौं ।

यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक काठमाडौंमा बदलीसहित वर्षा भएको छ । आज  सोमबारदेखि भने मौसममा क्रमशः सुधार देखिने छ ।

 

प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।

 

यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रिमनसुन अवधि गत शुक्रबारदेखि नै सुरु भए पनि सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविन रोजन लामिछानेले जानकारी दिए ।