२०८१ बैशाख १६ , आइतवार

आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

Samsads

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको बैठकमा आजदेखि आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा  छलफल सुरु हुने भएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।

 

गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए ।