२०८१ बैशाख २१ , शुक्रवार

राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । काठमाडौंको नयाँबानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपा लगायतका स्थानबाट एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।

नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई औपचारिक रुपमा मनाउन ‘आइसक्रिम फर एभ्रीसिजन’(Ice Cream for Every Season) नारा तय गरेको जनाए । यही नारालाई आत्मसात गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउन गइरहेका छन् ।यसैक्रममा आइसक्रिम दिवसकै अवसर पारेर पार्की आइसक्रिमले पनि आइसक्रिम पारखीका लागि खुशी बाँडेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । ‘आज हामी आइसक्रिम व्यवसायीहरुको महत्वपूर्ण पर्व हो ।’ प्रबन्धक निर्देशक कुमावतले भने– ‘यो पर्व र खुशीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन हामीले निःशुल्क आइसक्रिम वितरण गरेका हौं ।’

यसलाई आइसक्रिमका उपभोक्ता बढाउने सानो अभियान र प्रयास भएको पनि उनले बताए ।विभिन्न अवसरहरुमा पार्कीले निःशुल्क आइसक्रिम लगायतका प्रचारमुलक सामाग्री समेत वितरण गर्दै आएको जनाए । गएको कृष्ण जन्म अष्टमीको अवसर पारेर पार्कीले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम सेवकलाई पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो ।आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभव पछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गरिदै आएको छ ।पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । काठमाडौं उपत्यकामा लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई ८०० बढी स्थानबाट विक्रीवितरण गरिदै आएको छ । पार्की आइसक्रिम सबैभन्दा बढी रुचाइएको ब्राण्डमा पर्दछ ।

ग्राहकले अत्याधिक रुचाएर लाखौं आइसक्रिम पारखीको मन जित्न सफल भएकोमा प्रबन्ध निर्देशक कुमावतले खुशी व्यक्त गरे ।अत्याधुनिक प्रविधियुक्त मेशिनद्वारा उत्पादन हुने पार्की आइसक्रिम अन्तराष्ट्रिय गुणस्तरको भएकै कारण लाखौं उपभोक्ताको मन जित्न सफल भएको उनले यस अवसरमा दाबी गरे ।
‘आइसक्रिम खाद्यसँग सम्बन्धित उद्योग भएकाले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिंदै पार्की आइसक्रिम उत्पादन र भण्डारण गरिदै आएको बताए ।’ उनले भने–‘पार्कीले स्वाद र सन्तुष्टिसँगै स्वास्थ्यलाई विशेष ध्यान दिएको छ । त्यही भएर पनि उत्पादनको छोटो अवधिमै धेरै पुराना उद्योगहरुद्वारा उत्पादित आइसक्रिम भन्दा पार्की आइसक्रिमले राम्रो बजार लिन पनि सफल भएको हो ।’

कम्पनीले मूख्यतयाःखाद्यन्नसँग सम्बन्धित उत्पादन तथा सेवाप्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पुरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको कम्पनीले जनाए ।उद्योगले आगामी दिनमा दालमोठ, भुजिया लगायत अन्य खाद्य उत्पादनहरु पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिए ।उद्योगले अहिले २० भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।