२०८१ बैशाख २१ , शुक्रवार

बिश्व टीभी बजारमा लगातार११वर्षसम्मLG को OLED TVप्रभुत्व कायम

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सँधै बदलिरहने घरेलू मनोरञ्जनको दुनियामा, LG बिश्व टीभीबजारमा आफ्नो अविश्वसनीय योगदान गरी निरपेक्ष लिडर बनेको छ। LGले११वर्षसम्म अविरल OLED टीभी बजारको लिड रबनेर, कम्पनीले नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रही आफुलाई अरुभन्दा अलग प्रमाणित गरेको छ।बजार अनुसन्धान कम्पनीOMDIAअनुसार, LG ले गत वर्ष बिश्व OLED बजारमा ३ मिलियनOLED टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ।

शिपमेन्टका आधारमा बिश्व OLED टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली शेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मेहनतद्वारा निर्विवादित रूपमा धारण गरेको छ।प्रीमियम अल्ट्रा-लार्ज टेलिभिजनकोमा गतेजीले बढ्दै गइरहेको कारण LG ले आफ्ना OLED टेलिभिजन लाइनअपलाई व्यापकरेञ्जका वायरलेसOLED टेलिभिजन मोडेलहरूसहित बिस्तार गर्दैछ, जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत AI प्रोसेसरहरू, α(अल्फा) 11 AI प्रोसेसर पनि समाविष्ट रहने कम्पनीले जनाएका छन ।LGको नवीनतमOLED टेलिभिजनहरूले webOS Smart बचत टेलिभिजन प्लेटफर्म सहित व्यक्तिगत गृह-मनोरंजन अनुभव प्रदान गर्ने जनाए।

ग्लोबल टीभी बजारको शिपमेन्ट पछील्लो वर्ष कुलमा २०१ मिलियन भन्दा बढी थियो, जुन पूर्व वर्षको तुलनामा थोरै कम हो।एलसीडी टीभीको शिपमेन्ट पछील्लो दुईवर्ष लगातार२००मिलियन युनिट भन्दा कम रहेको थियो, जबकि ओएलइडी टीभीको शिपमेन्ट एलजी सहित५.६मिलियन पुगेको बताए ।LGले नेपालमा पनि बिगत ३५ बर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै बिगत केही बर्षदेखी AI सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याए रग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ।नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।