२०८१ बैशाख ३१ , सोमवार

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा मिति २०८० साल फाल्गुण २०गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भयो ।साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवाप्रदान गर्दै आईरहेको जानकारी दिए ।

मिति २०८० बैशाख २७गतेबाट साविकआइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफलभएको र उक्त कार्यमा सहयोग गर्नुहुने कम्पनीका सम्पूर्ण शेयरधनी महानुभावहरु, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पूनर्बीमा कम्पनीहरु, पुनर्बीमा ब्रोकरहरु लेखा परीक्षकहरु लगायत पत्रकार जगतलाई पनि धन्यवाद दिए ।

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै अध्यक्ष हेमराज ढकालज्यूले नेपालमा विकास निर्माणको लागिसड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमाप्रचुर सम्भावना रहेकोले सरकारले उच्चप्राथमिकताका साथलगानी मैत्रिवातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजनाभई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्किने थियो भनि सभामा आफनो मन्तव्य राख्यो ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमाव्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफलभएको छ । बीमाक्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रबिधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने हेतुले आगामीब र्षमा ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेमराज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।कम्पनीको २६ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवालसाथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित भएको छ ।

अध्यक्ष ढकालज्यूले कम्पनीको २६ औं बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिनु हुने सबै आदरणीय शेयरधनी महानुभावहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रतिआभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।