२०८१ बैशाख २१ , शुक्रवार

काठमाडौंमा नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याउँदै सेरेस, ग्राहकलाई विश्वस्तरीय रिटेल एक्सपिरेन्स दिने

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सेरेस इभीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि.ले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण रहेको कम्पनीले बताए ।

काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुने जनाए ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुने बताए । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिने जनाए।सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।