२०८१ बैशाख २० , बिहिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको ११ औं स्थापना दिवस देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी भब्यताका साथ सम्पन्न

2

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको ११ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०८० फागुन २० गते आइतबार महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाइएको हो ।
त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली परम्परा अनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले माहासंघको स्थापना भएको ११ बर्ष भैसकेको भन्दै यस अवधिमा महासंघले धेरै काम गरेको र बाँकी काम पनि सवै मिलेर गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

 

स्थापना दिवसमा अवसरमा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनारले शुभकामना ब्यक्त गर्दै सवै ब्यवसायी एक ढिक्का भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा पनि सहजै हल गर्न सकीने धारणा ब्यक्त गर्नुभयो । त्यसक्रममा महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न शाक्यले महासंघको स्थापना र त्यस यताका उपलब्धीका बारेमा चर्चा गर्नुभयो ।
त्यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले धन्यवाद मन्तब्य राख्दै सवै ब्यवसायी मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।

 

महासंघका उपाध्यक्षहरु मोहनकाजी शाक्य, दीयेसरत्न शाक्य, विपिन रामुदामु, पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य, महासंघका केन्द्रिय सदस्यहरु, विभिन्न जिल्ला नगरका सदस्यहरु एवं महासंघका कर्मचारीहरुको सहभागिता थियो ।