२०८१ बैशाख २० , बिहिवार

एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौँ ।

साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।