२०८१ बैशाख १५ , शनिवार

कोलेस्ट्रोल भएको कसरी थाहा पाउने ?

colesterol_4fBZwpDPcS-1024×640

सुनाखरी न्युज/ काठमाडौं ।

कोलेस्ट्रोल भन्नासाथ धेरैको मुटु काम्न थाल्छ । मुटु काम्नु भनेकै मुटु सम्बन्धी समस्या हुनु हो । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो ।मानिसको शरीरमा बोसो पाइन्छ । यो मासुको बाहिरी तथा छालाको भित्री भागमा हुन्छ । तर, रगतमा पनि बोसो पाइयो भने यो कोलेस्ट्रोलका रूपमा देखापर्ने र निकै हानिकारक हुने गर्छ । यसले रक्त प्रवाहमा ठूलो समस्या सिर्जना गर्ने गर्छ । कोलेस्टोल कलेजोमा उत्पादन हुन्छ । यो स्वस्थ्य जीवनका लागि आवश्यक पनि हुन्छ ।तर यसको अप्राकृतिक मात्रा हुनु भने समस्या हुनसक्छ । यो वंशाणुगत कारणले हुने एक सामान्य समस्या हो ।

 

शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त हुन्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ ।कोलेस्ट्रोल बढ्नुका लक्षणस् हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु भनेकै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षण हो । उच्च कोलेस्ट्रोल कम गर्ने उपायस् यसलाई कम गर्नका लागि प्राणायाम, व्यायाम तथा शारीरिक श्रम जरुरी पर्छ । कालो चियाले पनि कोलेस्ट्रोल घटाउन मद्दत गर्ने हुँदा यसले नियमित सेवन शरीरका लागि लाभदायक मानिन्छ ।

कोलेस्टेरोलको मात्रा बढ्न नदिन यस्ता उपायहरु अपनाउन सकिन्छः

1। कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।
२। भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

३। कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।
४। चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।
५। हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

६। मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।
७। कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।
८। कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ।

 

९। कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुड पनि कम खानुपर्छ ।
१०। फलफुल र सागसब्जि बढी खाने
११। नियमित शारीरिक व्यायाम गर्ने
१२। तौल घटाउने
१३। चुरोट र मदिरा छाड्ने