२०८१ बैशाख १९ , बुधवार

अभिनेत्री नन्दिता केसीले कसिन् लगनगाँठो

nanditakc3-864×576

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्।शनिबार लाजिम्पाटस्थित शंकर होटलमा अभिनेत्री केसीले डाक्टर अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्यसँगै अभिनेता भुवन केसी, दीलिप रायमाझी दम्पती, श्वेता खड्का, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीहरु पनि सहभागी थिए ।

 

बिहीबार नन्दिताको मेहेन्दी सेरोमनी भएको थियो ।नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।सिनेमा ‘इन्द्रेणी’बाट डेब्यू गरेकी नन्दिताको पछिल्लो रिलिज सिनेमा ‘जंगबहादुरको कोट’ हो ।