२०८१ बैशाख १९ , बुधवार

हङकङमा हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा, कोको छन् टीममा?

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ।रोहित पौडेलको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

 

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् । उक्त श्रृंखलाका खेलहरू फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुनेछन् । श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यू गिनी (पीएनजी) सहभागी हुनेछन् ।

 

नेपालले फागुन २६ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि श्रृंखलाका खेलहरू हुनेछन् । जसअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग फागुन २७ र दोस्रो खेल पीएनजीसँग फागुन २९ गते खेल्नेछ ।