२०८१ बैशाख १७ , सोमवार

नेपाल सुनचाँदी व्यबसाययी महासंघ गण्डकी प्रदेशको अधिवेशनको तयारी पुरा

ccc

सुनाखरी न्युज/ कास्की ।
नेपाल सुनचाँदी व्यबसाययी महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन निर्धारित समयमा सम्पन्न गर्नका लागि आवश्यक तयारी पुार भएको छ । प्रदेश सभापति चन्द्र किशोर गौतमको सभापतित्वमा बसि प्रदेश सुनचाँदी ब्यवसायी महासंघको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय महासंघका उपाध्यक्ष निर्मल बिश्वकर्माले स्थापनाको समयमा आफै्रं संयोजकको रुपमा रहे त्यति काम हुन नसकेको र प्रथम अधिवेशन पछि कोविड१९(को दोश्रो चरणको महामारीमा काम गर्ने त्यति सहज नभएको बताउनुभयो । अव हामी दोश्रो अधिवेशनको संघारमा रहेको र अब बन्ने टिमले थाती रहेका सबै काम गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी उपाध्यक्ष दुर्गा बहादुर सुनारले निकै मिहिनेत पुर्वक महासंघ निर्माण गरि जिल्ला जिल्लामा गई संघहरु निर्माण गरिएको र अहिले जिल्ला सबल सक्षम भई रहेका छन लगत्तै प्रदेश पनि सक्षम बनाउनु पर्ने खाँचो औंल्याउनुभयो । अधिबेशन सम्पन्न गर्न विभिन्न उपसमिति हरु निर्माण गरिएको छ उप सभापति जीवन बिश्वकर्माको संयोजकत्वमा व्यवस्थापन समिति उप सभापति कृष्ण बिश्वकर्माको संयोजकत्वमा प्रतिनिधि व्यबस्थापन समिति सचिव रविन बिश्वबर्माको संयाजकत्वमा मुल्यांकन पुरस्कार समिति ,कोषाध्यक्ष नेत्र बहादुर बिश्वबर्माको संयोजकत्वमा आर्थिक समिति सहसचिव पर्व बिश्वकर्माको संयोजकत्वमा अतिथि सत्कार समिति सदस्य सन्तोष सुनारको संयोजकत्वमा मायाको चिनो ब्यवस्थापन समिति चयन गरिएको छ।

उक्त कार्यक्रममा महासंघका सदस्य कृष्न सुनारले ब्यवसायिका लागि निरन्तर लाग्दा केही गर्न सकिन्छ तर महासंघ र प्रदेश मिलेर जादा ब्यवसायीका हकहितमा र समस्या छिटो समाधान हुदा बलियो प्रदेश बनाउनु पर्छ भन्नुभयो ।महासंघ सदस्य निर्मल दियालीले अब पनि चुप लागेर बस्ने समय छैन कोविडको असर र आर्थिक मन्दिको कारण ब्यवसाय धरापमा छ।सरकारले ब्यवसायीका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्छ भन्नुभयो ।

यसैगरी सभापति चन्द्र किशोर गौतमले हामी प्रदेश समिति एक मतले अगाडि बढ्दै छौँ ब्यबसायीले ब्यवसाय संचालन गर्दा चाहिने कच्चा पदार्थ निर्वाद रुपले पाउनुपर्छ र प्रदेश महासंघ बाट नै समानुपातिक रुपमा बितरण गर्नुपर्छ।नीति नियम र व्यवसायी निर्देशिका,ज्याला जर्ति स्वदेशी कालिगढ लाई तालिम बिदेशी कालिगढ ब्यवस्थित गर्नुपर्छ यसका लागि सरकारसँग मिलेर कार्य गर्ने बताउनुभयो । चैत्र ३ गते प्रदेशको अधिवेशन तय भएको छ। कार्यक्रम संचालन रविन बिश्वकर्माले गर्नुभयो भने स्वागत मन्तव्य कृष्ण बिश्वकर्माले गर्नुभएको थियोे ।
,