२०८१ बैशाख १५ , शनिवार

न्यून गुणस्तरका औषधि बिक्रीवितरणमा रोक, कुन कुन हुन रोक लगाइएका औषधि ? 

Medicine

सुनाखरी न्युज/ काठमाडौं ।
औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो ।

उहाँका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उहाँले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो ।

रासस