२०८१ बैशाख २६ , बुधवार

सिटिजन्स बैंकको ९.९९% घर कार्ज योजना सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा”सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना सरकार” भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९%मा घर कर्जा योजना सार्वजनिक गरको छ ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १%बढी को प्रिमियम दर लागु हुने जनाए ।कर्जा रकमको ०.५०%व्यवस्थापन शुल्क लाग्ने छ।
घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्त सहितको छुट रहेको बैंकले जनाएको  छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।