२०८१ बैशाख १७ , सोमवार

सेतीमा माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुरको शव भेटियो

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्क विहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् ।फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार तामाङको शव पोखरा-१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएका हुन् । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।