२०८१ बैशाख २० , बिहिवार

सिप्रदीको ‘टाटा गुरु फिट एण्ड हिट डबल धमाका’ कार्यक्रम अब एक महिना मात्रै बाँकी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
टाटा जेन्युइन पाट्र्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरुकालागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिना देखी सञ्चालनमा ल्याएको छ । १ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ्ग, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केहि सामानहरुमा टाटा गुरुहरुले प्राप्त गर्दै आउनुभएको प्वाइन्ट डबल गरिएको थियो ।

उक्त कार्यक्रममा सिमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखी ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको छ । टाटा गुरुहरुले आफुले प्राप्त गर्ने प्वाईन्ट डवल हुने हुँदा प्राप्त प्वाईन्टहरु जम्मा पारी छिटै आफुलाई आवश्यक सामानहरु लिन सक्नेछन् । अब यस कार्यक्रमको अन्तिम महिनामा धेरै भन्दा धेरै टाटा गुरुहरु सहभागी भई भरपुर फाइदा उठाउँन हुन कम्पनीले अनुरोध गरेको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु रहेको कम्पनीले जनाएको छ । साथै टाटा गाडीहरुका लागि नै बनाईएका जेन्युईन पार्टसहरु टाटा गुरुहरु मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तत गर्नुपर्ने झञ्झट नहुने कम्पनीले जनाएको छ  । जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुन सक्ने सम्भावित क्षती न्युनिकरण गर्न समेत मद्दत गर्दछ । टाटा गुरुहरु मार्फत ग्राहकवर्ग माझ सहज तथा सर्वसुलभ रुपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनकालागि यस कार्यक्रम प्रभावकारी हुनेछ ।