२०८१ बैशाख १९ , बुधवार

नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। उनले ३० बलमा १ चौका र ४ छक्का प्रहार गरे।

आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा अर्धशतक गरेका हुन् ।७.२ ओभरमा ४ विकेट गुमाएर ६४ रन मात्रै जोडेको नेपालका लागि मल्ल र शेखले १६.१ ओभरमा ८४ रनको साझेदारी गरेका छन् ।