२०८१ बैशाख २० , बिहिवार

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।