२०८१ बैशाख १६ , आइतवार

नेपाल टेलिकममा तीन अर्बको बिलिङ अनियमितता प्रकरणमा जोडिए मुख्यसचिव अर्याल

baikuntha_aaryal

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारका नाममा भएको सवा तीन अर्ब रुपैयाँको विवादास्पद ठेक्का सम्झौतामा मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको भेटिएको छ ।

टेलिकमले मंसीर २०७९ मा बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार गर्ने भन्दै एसिया एन्फोटेक नामक कम्पनीसँग सम्झौता(एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट ९एएमसी० गरेको थियो । प्रतिस्पर्धाविना ६ वर्षका लागि गरिएको ठेक्का सम्झौताको नीतिगत निर्णयमा तत्कालीन सञ्चार सचिव अर्यालको संलग्नता भेटिएको हो ।

 

९ मंसिर २०७९ मा नेपाल टेलिकमको सञ्चालक समितिले बिलिङ सिस्टमका लागि ६ वर्षको वार्षिक मर्मतसम्भार सम्झौता ९एएमसी० अपग्रेट एकमुष्ट खरिद गर्नेसम्बन्धी’ निर्णय गरेको थियो ।

खरिदका विषयमा टेलिकम व्यवस्थापनलाई नै निर्णय गर्ने अधिकार छ । तर वार्षिक ६० करोडभन्दा माथिको खरिदको विषय व्यवस्थापनले सञ्चालक समितिबाट अनुमोदन गराउनुपर्ने हुन्छ ।

 

यस्ता विषयलाई सञ्चालक समितिले ‘प्रस्ताव जानकारीमा लिएको’ भनी अनुमोदन गर्ने अभ्यास रहेको टेलिकमका एक उच्चपदस्थ इञ्जिनियरले बताए ।