२०८१ बैशाख २३ , आइतवार

कलाकार ‘म्याकुरी’ कुटपिट आरोपमा पक्राउ परेकी वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।

जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताए ।वाइबा विभिन्न युट्युबका अन्तर्वार्तामा देखिने गरेकी छन्। उनी पटकपटक विवादमा आउने गरेकी छन्। पवन खतिवडा पनि यसअघि सट्टेबाजी प्रचार गरेको आरोपमा पक्राउ परेका थिए।