२०८१ बैशाख २३ , आइतवार

“राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीहरू पक्राउ”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अनुसन्धान अधिकृत राम प्रसाद रेग्मी समेतको प्रतिवेदनले वादी नेपाल सरकार, प्रतिवादी कुमारी गुरुङ प्रोपाइटर रहेको न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी उक्त फर्मको बैंक खाता संचालक प्रदिप कुमार गुप्ता समेत भई एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्रि नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मू.अ.कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेको मुद्दामा सम्मानित उच्च अदालत पाटनको

मिति २०७९/०५/२५ गतेको फैसलाले तपसिलमा उल्लेखित प्रतिवादीहरूलाई १/१ (एक-एक) बर्ष कैद र जनही रु. १२,१०,३६,५३०/ (बाह्र करोड दश लाख छत्तीस हजार पाँच सय तीस रुपैंया मात्र) का दरले जरिवाना हुने ठहर भई उक्त सजाय वेरुजू भई फरार रहेका निजहरूलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८०/११/१६ गते भरतपुर, चितवनबाट पक्राउ गरी मिति २०८०/११/१७ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यहोरा सूचित गरिन्छ ।

पक्राउ प्रतिवादीको विवरण :
१) नाम: कुमारी गुरुङ ।
उमेर: २९ बर्ष ।
ठेगाना:जिल्ला धादिङ्, वेनीघाट रोराङ्ग गा.पा. वडा नं. ५ बस्ने न्यू समिक्षा सप्लायर्सको प्रोप्राईटर ।
मुद्दा: बैंकिङ् कसूर ।
सजाय: १ (एक) बर्ष कैद र रु. १२,१०,३६,५३०/- जरिवाना ।
पक्राउ स्थान भरतपुर, चितवन ।

२) नाम: प्रदिप कुमार गुप्ता ।
उमेर: ४१ बर्ष ।
ठेगाना: जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं। ८ पर्सा बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संचालक
मुद्दा:बैंकिङ् कसूर ।
सजाय: १ (एक) बर्ष कैद र रु. १२,१०,३६,५३०/- जरिवाना ।
पक्राउ स्थान भरतपुर, चितवन ।