२०८१ बैशाख २० , बिहिवार

सुनको भाउ बढ्यो, चाँदी स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।