२०८१ बैशाख १५ , शनिवार

सडक पेटी खनेर अलपत्र छाड्नेलाई महानगरले तिरायो १ लाख जरिबाना

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सडक पेटी खनेर अलपत्र पार्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिबाना तिराएको छ । महानगरले यस अगाडि फोहोर जथाभावी फाल्ने, सडकपेटीमा सामग्री थुपार्नेलाई जरिबाना तिराउँदै आएको छ ।

‘कामका लागि सडक पेटी भत्काएपछि जस्ताको त्यस्तै बनाएर छोड्नुपर्छ । भत्काएर भद्रगोल बनाएर छाड्नु भएन नि,’ महानगरले प्रहरीले भनेको छ, ‘त्यही भएर उनलाई जरिबाना तिराएका हौं ।’

काठमाडौं महानगरपालिका-१३ का दीपककुमार कादमीयनलाई सडक पेटी भत्काएर अलपत्र अवस्थामै छाडेको पाइएपछि सो जरिबाना तिराइएको महानगरले जनाएको छ ।