२०८१ बैशाख १५ , शनिवार

आज गोंगबु र सामाखुसी क्षेत्रमा ४ घण्टा विद्युत सेवा बन्द हुने

NEA

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा आज पनि  विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

 

विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १०

बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ ।