२०८१ बैशाख १६ , आइतवार

निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतोमाथि प्रहरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ। माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।

महतो समूहको उपत्यका विशेष ब्यूरोले निषेधित क्षेत्र तोड्ने आन्दोलन आयोजना गरेको थियो ।डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार, घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीं रोकेको थियो ।

त्यस क्रममा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । त्यसपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका थिए ।