२०८१ बैशाख २९ , शनिवार

मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सम्वत् २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ। यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गतेको वेवसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाए।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ।

उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.npसम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ। यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने जनाए। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति २०८० चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोग आह्वानले गरेका छन।