२०८१ बैशाख २२ , शनिवार

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ।सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए ।

टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए ।अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।