२०८१ बैशाख २२ , शनिवार

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो।

क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाको भनाइ छ। वाफ च्याम्पियनसिपको फाइनल फागुन १७ गते बिहिबार हुनेछ । प्रतियोगिताका ४ खेलमा सावित्राले ९ गोल गरेकी छिन् ।