२०८१ बैशाख २० , बिहिवार

सुन–चाँदीको भाउ सामान्य घट्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ।मंगलबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।