२०८१ बैशाख २३ , आइतवार

सेयर बजारले फेरि नाघ्यो २ हजार अंक, कारोबार रकम  १ अर्ब ८६ करोडमा खुम्चियो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारले फेरि २ हजार अंक नाघेको छ । नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो ।

कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।