२०८१ जेठ ४ , शुक्रवार

सिंहदरबार र बानेश्वरको फुटपाथमा पैदलयात्रु हिँड्न निषेध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आज बिहानदेखि प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडि निषेधित क्षेत्र तोकिएको छ र डोरी लगाएर राखेको छ । उक्त ठाउँमा सर्वसाधारण हिँड्न पाएका छैनन् ।प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ ।

लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।