२०८१ बैशाख २० , बिहिवार

सुनको भाउ स्थिर हुँदा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन सोमबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १३ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।