२०८१ बैशाख ३१ , सोमवार

उपनिर्वाचन कार्यतालिका सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इलाम जिल्ला प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभानिर्वाचन क्षेत्र नं. १ मा मिति २०८१वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति२०८० फागुन १६ गतेदेखिमतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताए । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ।

आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनागरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने जनाए । निर्वाचन कार्यक्रम अनुसारमिति २०८० चैत्र २४गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र२७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।

साथैमिति २०८० चैत्र २८गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचार प्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।