२०८१ बैशाख १६ , आइतवार

आइफोन प्रयोगकर्ताका लागि लक्षित एमसीडोडोका एक्सेसरिज नेपालमा उपलब्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
विश्वव्यापी रुपमा निकै प्रसिद्ध एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनल प्रा.लि. ले आइफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो ।

एमसीडोडोको नेपालकालागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टी डब्लु एस इयरबडहरु,वायरलेस पावर बैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र,नेपाली बजारमा एमसीडोडोका रु ५०० मुल्य देखि १२,००० हजार मुल्यसम्मका एकसेसरिजहरु रहेका छन् ।

बढ्दो आइफोन प्रतिको लोक प्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरुलाई सहजिकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरु – आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरु ल्याएको कम्पनीले बताए ।उक्त एक्सेसरिजहरु विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरुले देशभरका विभिन्न रिटेल पसलहरु तथा दराजबाट खरिद गर्न सक्नेछन् ।

एमसीडोडोका उत्पादनहरु उच्चगुणस्तरिय, सुरक्षित,भरपर्दो र प्रयोगकालागि सहज अवधारणामा निर्माण गरिएका छन् । यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध छन् ।