२०८१ बैशाख ३० , आइतवार

संसद भवनभित्र पसे लघुवित्त पीडितहरू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्।सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्।

संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन् ।उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।उपत्यका प्रहरी प्रमुख एआईजी थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।