२०८१ बैशाख २० , बिहिवार

राजेन्द्र महतोद्वारा लोसपा परित्याग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्ध छिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउन सक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिन सक्छन् ।’लोसपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए ।