२०८१ बैशाख २० , बिहिवार

सुन–चाँदीको मूल्य घट्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।