२०८१ बैशाख १५ , शनिवार

एनसेल एपःग्राहकको डिजिटल यात्रा सरल पार्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहक मैत्री बनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन संचालनमा ल्याएको छ ।ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरु मार्फत एपलाई अपडेट गरिएको
कम्पनीले जनाएको छ । ग्राहकहरुले सहजै गुगलप्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो रहेको कम्पनीको दाबी छ ।ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगत रुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो ईच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफुलाई मन पर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन्।मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायःप्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँदछ ।त्यसैगरी यस एपमाथप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरु तदारुकताका साथ सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ ।

छोटा वालामो अवधिकालागि रोमिङ सहित विदेश भ्रमणमा रहेका ग्राहकहरुकालागि पनि यो एप एकदमै सहयोगी रहेको कम्पनीले जनाए । किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहि रहन सक्छन् ।स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ ।यो स्थानीय नेपाली आईटी प्रतिभाको प्रमाण हो। यो एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरु हासिल गर्न पनि योगदान पु¥याउँछ।

एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ।खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको जनाए ।त्यसैगरी, पीआरबीटी सदस्यतालाई सहज बनाईदै छ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउँन आवश्यक कामहरु भईरहेको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिकबिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रियवानिष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै संचालनमा ल्याइएको कर सहित रु १५० मामुल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्छन् ।